महेश सिंह
सिरहा लहान, फाल्गुन २४ गते ।
समाजिक उत्थान र समाजिक कार्यमा सकृय रहेका लहानका एक समाजिक संस्था समृद्धि प्रतिष्ठानले होली पर्वको अवसरलाई लिएर संस्थाको संस्थापक अध्यक्ष राम नारायण महतोले होलीको शुभ कामना अदान प्रदान कार्यक्रम राखेका थिए । संस्थामा आबद्ध रहेका लहानका सयौं ब्यक्तिहरुले होलि मिलन कार्यक्रममा सहभागी भएका थिए । अध्यक्ष महतो लगायतका ब्यक्तिहरुले सुभ कामना राख्दै कार्यक्रमको समापन गरेका थिए ।
परापुर्व कालदेखी मान्दै आएका रंग अबिरको होली, प्रत्येक बर्ष फल्गुण महिनामा एक अर्कालाई रङ्ग, अबिर लगाएर होलि पर्व मनाउने गरेका छन् । होलिकाको इतिहासलाई लिएर प्राचीन काल देखि होलि पर्व मनाउने गरिएको छ। होलीको छुट्टै ईतिहास रहेका छन् ।
होली पर्व तराई मुल र पहाडी समुदायमा फरक-फरक दिनमा मनाउने गरिएको छ । होलिका दिन बिहानै देखि सिरहाको लहान बजार लगायत देश भरीका विभिन्न बजारहरुमा किन मेल गर्न बजारमा मानिसको चहलपहल बढीएको छ । नेपाल सरकारले होलियामा रमाउन सार्बजनिक बिदा दिने गरेको छ ।
होली मनाउन विभिन्न ठाउँबाट मानिसहरु अ-आफनो घर आउने गरिन्छ। खानाका विभिन्न परिकारहरु खाएर परिवारमा रमाइलो गर्ने र रङ्ग लगार खुशी बाडने गरिन्छ। हरेक ब्यक्ती नयाँ बस्त्र लगाएर रमाउने गरिन्छ । पछिल्लो समयको दु:ख बिर्से र रमाइलो गर्ने गरेका छन् ।