महेश सिंह
सिरहा लहान, फाल्गुन २५ गते ।
टेस्ट परिक्षाको नाउँमा लाखौं रक अशुली गरेको तथ्य फेला परेको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रहेको ६ वाटा माध्यमिक बिधालयका प्र.अ.ले प्रबेशपत्रको नाउँमा बिना निर्णय, बिना बिल भर्पाईको छात्र छात्राहरुसंग लाखौं रकम अशुली गरेको स्थानीय अभिवाक तथा विद्यार्थीहरुले आएका छन् ।
शिक्षा ऐन २०२८ को दफा १६ घ (१) बमोजिम नेपाल सरकारले नि: शुल्क शिक्षा घोषणा गरेको छ । विधालय शिक्षाका लागी सामुदायिक विधालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन, शिक्षा ऐनमै उल्लेख गरिएको छ ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत रहेका माध्यमिक विधालयहरु श्री जनता डाेमी चौधरी माध्यमिक विधालयका प्र.अ. पशुपति साह, श्री रामा महन्थी माध्यमिक विधालयका प्र.अ. कासिन्द्र प्रसाद यादव, श्री जनता माध्यमिक विधालयका प्र.अ. महेन्द्र प्रसाद साह, जनता नन्द ललिता माध्यमिक विधालयका प्र.अ. बिनोद कुमार सिंहले मा.वि. पिप्राका प्र.अ. गंगा राम मंण्डल, ध.मा.वि.का प्र.अ. राम कुमार ठाकुर लगायत ६ जना प्र.अ.ले प्रत्येक टेस्टका परिक्षार्थीहरुसंग ५५० रुपैया देखि ८५० रुपैयाँ प्रवेश पत्रका नाममा अशुली गरेको तथ्य फेला परेका छन् ।
सरोकारवाला निकायले शैक्षिक माफिया र डाकाहरुले कार्वाही किन गर्दैन । मौन बस्नुको कारण अभिभावक र विद्यार्थी राम्रोसंग निङ्गघालेका छन् । पछिल्लो समय SEE को फर्म भर्दा प्रत्येक विद्यार्थीसंग १०५० एक हजार पचास रुपैया अशुली गरेका छन् । विद्यार्थीका अनुसार आफुहरु सो सम्बन्धमा कुरा गर्दा विद्यार्थी र अभिभावकहरुकाे आँखामा झुल झाेकेर स्तरउन्नतिको पैसा लिएको भन्दै प्र.अ.ले बताए ।
विद्यार्थी र अभिभावकका अनुसार हामीसंग पैसा नभएको कारण हामी आधी घन्टा सम्म पर्खीनु पर्छ । पैसा पछी दिन्छु भने पछी मान्दैन, परिक्षाको समयमा मानसिक तनाव दिने गरेको अधिकांन्स विद्यार्थीहरुले गुनासो गरे । टेस्ट परिक्षाको लागी प्रश्नपत्र छापीएको छैन १० सेटबाट कुनै वर्षको फोटो खिचेर प्रिन्ट गरेको प्रशनपत्र दिने गरेको विद्यार्थी र अभिभावकको गुनासो रहेको छ ।
पैसा उठाएको कुरा समाजिक संजाल र गाउँपालिकाले जानकारी पाए लगत्तै शिक्षा शखाबाट पालिका भित्र रहेका सम्पुर्ण समुदायीक विधालयहरुलाई कुनै किसमको शुल्क नउठाउन परिपत्र गरेका छन । ६ जना प्र.अ. ले गाउँपालिकालाई पनि नमानी अटेर गरिरहेको बुझ्नमा स्थानीयहरु बताउँछन् ।
प्र.अ.को गुटबन्दीले शिक्षा निकै चुनौतीपूर्ण बन्दै गएको छ । पटक -पटक शिक्षा स्तर उन्नतिका लागी विद्यार्थीहरुबाट रकम अशुली गरेको अभिभावकहरुको आरोप रहेका छन् ।
गाउँपालिकाले परिपत्र गरे पछि विद्यार्थीबाट उठाएको पैसा फिर्ता गर्ने प्र.अ. हरुले बताए । शिक्षामा गैरजिम्मेवार काम गरेको आरोप छन् ।