
गौशालाः महोत्तरीको गाैशालामा माेबाईल पसल आगलागी हुँदा सबै समान जलेर नष्ट भएको छ । गौशाला नगरपालिका ५ गाैशाला बजारमा स्थित पुरानो सिनेमा हौल चौकमा माेबाईल पसलमा आगलागी हुँदा सबै समान जलेर नष्ट भएको हाे ।
गौशाला नगरपालिका वडा नं. ५ वस्ने वर्ष ३० को देबेन्द्र साहले संचालन गरेको आरोही मोबाईल सेन्टरमा राती करिब ९:१५ बजेकाे समयमा आगलगी हुँदा पसलभित्र भएका सबै समान जलेर नष्ट भएको संचालक शाहले बताए ।
आगलागी भएपछि ईलाका प्रहरी कार्यालय गौशालाको प्रहरीटोली र स्थानीय बासिहरुकाे सहयोगमा आगोलाई नियन्त्रणमा लिएका थिए ।
आगलगीबाट मानवीय क्षति नभए पनी पसलमा करिब २० लाख बराबरको सरसामानहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक मनोज कुमार यादवले बताए । आगलगी विद्युतको सर्टसर्किटबाट भएको अनुमान गरिएको छ ।