https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशालाः महोत्तरीको गौशाला नगरपालिका ५ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा तीन तल्ले भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका बिच नगरप्रमुख डा. दिपेन्द्र महतोले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।

संघ सरकारको अनुदानमा निर्माण हुने उक्त भवनमा हरेक तल्लामा तिन कक्षाकोठा एक शौचालय निर्माण हुने गौशाला नगरपालिकाका इन्जिनियर अजय कुमार यादवले जानकारी दिनुभयो । एक वर्ष भित्र काम सम्पन्न गर्नुपर्ने उक्त भवन बनाउन भगत ग्रुप कन्स्ट्रक्सन प्रा.लि. ले ठेक्का लिएको छ । भवन करिब तिन करोडको लागतमा निर्माण सम्पन्न हुने इन्जिनियर यादवले जनाएका छन ।

सो कार्यक्रममा नगरपालिका पुर्व मेयर शिवनथ महताे, वडा ५ का अध्यक्ष ओम प्रकाश गुप्ता, वडा सदस्य, स्कुल व्यवस्थापन समितिका अध्यक्ष रमेश महताे, प्रधानध्यापक अमोद कुमार साह, जसपाका नगर अध्यक्ष कुमरकान्त झा, ने.क.पा. माओवादि प्रतिनिधि हरिलाल महतो, राजनितिकर्मि, छात्र-छात्रा, पत्रकार, शिक्षकहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार