धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरस्थित नयाँबस्ती टोलमा उम्लिरहेको दुधले नुहाएर भुईयाँ पुजा गरिएको छ । नयाँ टोलमा रहेका मुसहर समुदायले आफ्ना कुल देवता दिनाभद्री बाबाको पूजा गरेका छन् । दिनाभद्री बाबाको स्वरुपमा आएका देवताले उम्लिरहेको दुधले नुहाएर विधिपूर्वक पूजा गरेको छ ।
सो पूजामा धनुषा बसहियाका विलेक्षण सादा सहितका चारले उम्लिरहेकोदुध शरीरमा खन्याउँदै, नुहाँउँदै पुजा गरेका हुन् । उम्लिरहेको दुध जिउँमा खन्याएर नुहाउँदै दिनाभद्री बाबाको गाथा र गीतसँगै नाच्दै पुजा गर्ने गरेको पुजाका संयोजक गोविन्द सादाले बताउनुभयो । दिनाभद्री बाबाकै अपार शक्तिका कारण उम्लिरहेको दुधले नुहाएर भुइयाँ पूजा गर्ने गरेको उहाँले भन्नुभयो । अपटनी पूजाको नामले समेत परिचित भुईयाँ पुजा मुसहर जातीको पहिचान तथा आफ्नो घरिपरिवारको सुख शान्ति र समृद्धिको लागि खुशीले भुइयाँ पुजा गर्ने गरेको स्थानीय भरत सादाले बताउनुभयो । मुसहर समुदाय पुस्तौपुस्तादेखि यो पूजा विधि गर्दै आएको छ ।
सो पूजा हेर्न मधेश प्रदेशसभाका सदस्य हरिनारायण महतो, मिथिला नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष रामएकवाल महतो लगायत हजारौं स्थानीयहरुको उपस्थिति रहेको थियो । स्रोत : स्वागतम खबर
दिनाभद्री बाबाको भुईयाँ पुजा गरिँदै / भिडियो : विनोद महतो