महोत्तरीको गौशाला नगरपालिकामा राजश्व नबुझाउने तिन वटा गीट्टी, बालुवा क्रसर उद्योगलाई गौशाला नगरपालिकाले कार्वाहीको पक्रिया अगाडी बढाएको छ । गौशाला नगरपालिकामा संचालित सिद्धार्थ क्रसर उद्योग, एभरेष्ट क्रसर उद्योग र जयहन् मान क्रसर उद्योगलाई नगरपालिकाको कार्यालयले कारवाहीको प्रक्रियामा राखेको हो ।
उक्त क्रसर उद्योगहरु लामो समयदेखि नगरपालिकाको राजश्व शाखामा राजश्व नबुझाएको, मापदण्डविपरीत संचालनमा रहेको र ईजाजतपत्र तथा नविकरण नगराएको भन्दै नगरपालिकाले कारवाही प्रक्रिया अगाडि बढाईएको नगरप्रमुख डा दिपेन्द्र महतोले बताएका छन् ।
उनीहरुलाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइएकोले तत्काल सो क्रसर उद्योग कुनै पनि हालतमा क्रसर नदीजन्य पदार्थको उत्पादन वा बिक्रीवितरण गर्न नपाईने नगरप्रमुख डा. महतोले जानकारी दिएका छन् ।