मुकेश झा
सर्लाही, फाल्गुन ३० गते ।
सर्लाहीको पुर्वी एवं दक्षिणी क्षेत्रमा रहेको पर्सा गाउपालिका अन्तरगत आयुर्वेद शाखाको वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्य गोष्ठी सप्पन्न भएको छ ।
मंगलबार पर्सा गाउपालिकाको अध्यक्ष धिरेन्द्र कुमार यादवको अध्य्क्षतामा सप्पन्न कार्यक्रममा पर्सा गाउपालिका अन्तरगत रहेको आयुर्वेद शाखाले गत आर्थिक वर्षमा सप्पन्न गरेको योजना तथा कार्यक्रमहरुको समीक्षा गरिएको आयुर्वेद शाखाका कबिराज निरिक्षक नवीन यादबले जानकारी गराए ।
कार्यक्रममा आ.व.२०७९/०८० मा आयुर्वेद शाखाद्वारा गरिने कार्यक्रमहरु बारे समेत छलफल गरिएको थियो । वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा पर्सा गाउपालिकाको सबै वडाको वडाध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार सहितको उपस्थिति रहेको थियो ।