
राैतहट, चैत १ गते ।
रौतहट स्थित नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका कर्मचारीहरुले सार्वजनिक सेवा अवरोध पुऱ्याएको भन्दै स्थानीय नेता ठागदासले जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा निवेदन पत्र बुझाएको छ ।
यस कार्यालयमा भएको केही झै झगडाका कारण कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि यहांका कर्मचारी हरुले बन्द गरेका छन् । सो कार्यालयबाट पाउनु पर्ने विधुत सम्बन्धीत सुविधा लगायतका विधुत रिडीङ्ग समेत नगरी विधुत रिडीङ्ग भई मैले खपत गरेको विजुली बिल बमोजिमको रकम समेत नबुझी रहेको तथा उक्त रकमको पछि व्याज सहीत तिर्नु पर्ने भएकोले स्थानीय नेता दासले पत्र बुझाएको पत्रमा उल्लेख रहेको हो ।
निवेदन पत्र अनुसार जिल्ला रौतहट मौलापुर विधुत प्राविधिकरण वितरण केन्द्रका एकाउण्टेन्ट हरिमाधव सिंह, प्रशासन प्रमुख श्याम सुन्दर प्रसाद यादव, कर्मचारी सुरेश प्रसाद, कर्मचारी वृजेश प्र. रौनियार र ईन्जीनीयार महिन्द्र चौधरीलाई विपक्षी बनाई जाहिरी बुझाएका हुन् ।


उक्त विधुत वितरण केन्द्रको कार्यालय संचालन गराई विपक्षीहरुबाट निवेदक तथा सो केन्दबाट लिदै आएको सुविधाबाट अन्य व्यक्तिहरुको पर्न गएको क्षतिपूर्ती समेत विपक्षीहरुबाट तिर्न लगाई विपक्षीहरुलाई मुलुकी अपराध संहिता, २०७४को दफा ६८ बमोजिम आवश्यक कार्यवाही गरीको पनि मांग राखेको हो ।
माैलापुर विद्युत वितरण केन्द्रद्वारा सम्पुर्ण सेवा बन्द
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले केन्द्र अन्तर्गतका सम्पूर्ण सेवा बन्द गरेका छन् । गत फागुन ५ गते साे केन्द्रमा कार्यारत सहायक इन्जिनियर महेन्द्र प्रसाद चौधरीलाई कुटपिट गर्नेमाथि केही कारबाही नभएको भन्दै अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरेको जनाइएकाे छ ।
सेवा केन्द्रकाे कार्यालय परिसरभित्र त्रिभुवन शाह उर्फ अमरलाल साह र धिरज पाण्डेका नेतृत्वमा आएका २०/३० जनाका समूहले गैरकानूनी रुपमा डाइरेक्ट लाइन जडान नगरेको भन्दै इन्जिनियरमाथि कुटपिट गरेकाे थियाे । चौधरीमाथि भौतिक आक्रमण गर्नेउपर कारबाही गर्न केन्द्रले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गराउन पेश गरेको किटानी जाहेरी अहिलेसम्म दर्ता नभएको जनाएको छ ।

केन्द्रका अनुसार सो घटनाका दोषिहरूलाई हालसम्म कुनै कारबाही नभएको र प्रक्रिया समेत अघि नबढेकोले कडा कारबाही नभएसम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू अनिश्चित कालको लागि बन्द गरिएकाे जनाएकाे छ । २४ घन्टाभित्र दाेषीमाथी कारबाही नभए अत्यावश्यक तथा मिटर रिडिङ समेत बन्द गर्ने केन्द्रले चेतावनी दिएको छ ।
साह र पाण्डेको नेतृत्वमा आएका समुहले कुटपिट तथा गाली गलौच गर्दै इन्जिनियरलाई चार पाङ्ग्रे गाडीमा अपहरण गरी तानाशाही शैलीमा लगेर मौलापुर, मदानी महोत्सवका लागि हुकिङमार्फत लाइन जोड्न लगाएका थिए । यस्तो घृणित, असंवैधानिक, अमानविय र अमर्यादित कार्यले सम्पूर्ण कर्मचारी असुरक्षित रहेको केन्द्र प्रमुख अरुण शाहले बताउनु भयाे ।