https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 
महोत्तरीको गौशालामा जग्गा अतिक्रमण गरि बनाएको घर टहराहरुलाई नगरपालिकाद्वारा भत्काउने कार्य सुरु गरेको छ ।  गौशाला नगरपालिका ५ स्थित गाैशाला बजारमा सरकारी जग्गा अतिक्रमण गरि बनाएका घर टहराहरुलाई नगरपालिकाद्वारा भत्काउने कार्य सुरु गरेको हाे । जसमा आज जल्पा मन्दिर स्थित रहेको सिकिन्दर चौरसियाको घर भत्काएको छ ।

गौशाला नगरपालिकामा सरकारी जग्गा (गाई गौशालाको जग्गा) अतिक्रमण गरि बनाइएको घरहरु २०७६ साल फाल्गुन १८ गते भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रि पद्मा अर्यालले हेलिकप्टर चढी गौशालामा आएर करिब ३० ओटा घर टहराहरुलाई डोजर लगाएर भत्काएकी थिइन् । जसमध्ये ३ घर मात्र सुकुमबासी साबित भएको पदमा अर्यालको भनाई थियो तर अहिले ति घरहरु पुन: रुपमा बन्दै गएको छ ।

आज सहित लगाएर चौरसियाको घर तिन पटक सम्म भत्काइएको भन्दै उनि भन्छन, ‘मेरो घर पटक पटक गरि ३ चोटी भत्काई सकेको छ । तर यहाँ बनेको अरु घरहरु नगरपालिकाले भत्काउन चासो लिएको छैन । पैसा र पावर भएका व्यक्तिहरुको घर जस्ताको  त्यस्तै छ । हामी जस्तो निमुखा गरिबहरु मात्र नगरपालिकाको हेपाइमा पर्छौ । के नियम कानुन सबैको लागि समान हैन र ?’

चौरसियाले नगरपालिकाको यस्तो गतिविधिप्रति खेद प्रकट गरेका छन् । घैला बजार नजिक रहेको ठुला ठुला बिल्डिङहरु कसैले छुन पनि नसकेको उनको गुनासो छ । त्यहाँ पावरफुल व्यक्तिहरुको बसाइ रहेको उनि बताउछन् । साथै उनले आफ्नो मात्र नभएर सबैको घरहरु कानुन अनुरुप भत्किए आफुले न्याय पाए सरह हुने बताए ।

यता नगर प्रमुख डा. दिपेन्द्र महतोले बजार, स्वास्थ्य, शिक्षाको व्यवस्थापन र दिगो विकास गर्नको लागि यो कार्यको थालनी गरिएको बताए । कानुनको पालाना सबैले गर्नुपर्छ, उनले भने , ‘सरकारी जग्गाको संरक्षण गर्नु हाम्रो दायित्व हो । आज चौरसियाको घर भत्कियो भोली अनाधिकृत रुपमा बनाइएको अरुको पनि घर अवश्य भत्किने छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार