चन्दन कुमार महतो
रौतहट, चैत्र २ गते ।
रौतहटको सदरमुकाम गौर स्थित जसपाकाे पार्टी कार्यालयमा प्रेस मंच नेपालको प्रथम बैठक सम्पन्न भएको छ । बिहीबार जनता समाजवादी पार्टी नेपाल रौतहटको पार्टी कार्यालय गौरको प्रांगणमा प्रेस मंच नेपाल मधेश प्रदेश समितिको पहिलो बैठक भएको हो ।
मधेश प्रदेश समितीकाे प्रथम बैठक प्रेस मंच नेपालको आयोजनामा भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अधिवेशन चैत्र १६ गते हुने भएको छ । मधेश प्रदेश समितिको अधिवेशनलाई प्रभावकारी बनाउन आठ जिल्ला मध्ये रौतहट, बारा र पर्साको अधिवेशन गर्नुपर्ने बाँकी रहेको विषयमा छलफल गरिएको महासचिव बंदना झाले बताए ।
प्रेस मंच नेपालकाे रौतहट जिल्लाकाे भेला यँही चैत्र १३ गते हुने निर्णय समेत गरिएको मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवले बताएका हुन् ।
प्रेस मंच नेपाल मधेश प्रदेश समितिका सप्तरी, सुनसरी, धनुषा, महोत्तरी र सर्लाही जिल्लाकाे अधिवेशन भइसकेको र बाँकी रहेको बारा र पर्सा जिल्लाको मधेश प्रदेश समितीको अधिवेशन छिटै हुने अध्यक्ष अमरेन्द्रले जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्ष श्याम विहारी यादवले भने देश निर्माणमा पत्रकारले अहमभुमिका खेलिदै आइरहेको जनताको समस्यालाई उजागर गरि समाधान गर्ने निकायसम्म पुर्याने काम गर्ने गरेको सर्विददै छ उनले तर्क राखेका हुन् । प्रेस मंच नेपाल जिल्ला कार्य समिति रौतहटलाई सबलीकरण तथा नेतृत्वदायी बनाउन हरकदम हातोमालो गरि साथ सहयोग गर्ने जिल्ला अध्यक्ष श्यामविहारी यादवले प्रतिबद्धता गरेका छन् ।
प्रेस मंच नेपाल मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षतामा भएको थियो भने मंचका केन्द्रिय उपाध्यक्ष मनोज यादव, केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट शाखा पूर्व अध्यक्ष रबिन्द्र प्रसाद शाह, मधेश प्रदेश समितीका सह-अध्यक्ष राम हृदय यादव, महासचिव बंदना झा, सदस्य राजेश सिंह, कृषन सिंह, ललन चाैरसिया, महाेत्तरी जिल्ला अध्यक्ष नागेन्द्र यादव लगायत रौतहट जिल्लाका पत्रकारहरुको सहभागी रहेका थिए ।