https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राम पुकार यादव
सिरहा : वर्षभरी निजि विधालयमा रुपैया तिर्ने र परिक्षा सामुदायिक विधालयमा दिने प्रवृत्तिले सामुदायिक विधालय घाटामा गएरहेको छ । स्थानीय तहले सामुदायिक विधालयमा गरिने सहयोग र अनुदानको उपभोग निजि विधालयहरुले सहजै रुपमा प्रताप गरिरहेको छ । पालिकाको सार्वजनिक स्रोत साधन निजि विधालय र त्यसका विद्यार्थीहरुले सहजै रुपमा उपभोग गरिरहदा सामुदायिक विधालय र त्यस विधालयमा अध्यनरत विद्यार्थी बालबालिकाहरुको सुबिधामा कटौती भएका छन ।

हालै संचालनमा रहेका वार्षिक परिक्षामा सिरहा स्थित विभिन्न सामुदायिक विधालयहरुमा निजि विधालयका विद्यार्थीहरुले परिक्षा दिरहेका छन । सिरहाको बिष्णुपुर गाउँपालिका स्थित श्री जनता माध्यमिक विधालय राजपुरमा वार्षिक परिक्षामा मिर्चैया नगरपालिका स्थित चानक्य बोर्डिङ स्कुलको विद्यार्थीहरुले परिक्षा दिरहेका छन । ती निजि विधालयका विद्यार्थीहरुबाट वर्षभरि चर्को शुल्क विधालयका प्रीन्सिपलहरुले उठाएर परिक्षा भन्ने सामुदायिक विधालयबाट दिन लगाएका छन । उनि सामुदायिक विधालयको विद्यार्थीहरुले नि:शुल्क रुपमा पाउने कापि किताबको सुबिधामा मात्र नभए सामुदायिक विधालयको शिक्षक गार्डहरुबाट सुबिधा पाएका छन ।

सामुदायिक विधालयको कोषबाट गार्डहरुले भत्ता पाउने अनि निजि विधालयको विद्यार्थीहरुलाई स्थानीय तहको पैसाबाट खरिद गरिएको कापि किताब उपलब्ध गराउने प्रवृत्ति सामुदायिक विधालयको लागि संकट हो । यसले राज्यले सामुदायिक विधालयमा लगानी गरेको बजेट रकमहरु दुरुपयोग भैरहेको सहजै बुझ्न सकिन्छ । यस विषयमा सामुदायिक विधालयमा लगानी गर्ने स्थानीय तहहरुले मौनता देखाउनु हुदैन । बरु चासो लिई सार्वजनिक बजेट निजीकरण हुनबाट जोगाउन जोड दिनुपर्छ ।

 

निजि विधालयले सामुदायिक विद्यालयबाट आफ्ना विद्यार्थीलाई परिक्षा दिलाउनुको कारण के हुन सक्छ ?

अन्योलमा छन अभिभाकहरु गाँजिएको शिक्षा व्यवस्थापन जहाँ धेरै निजि विधालयहरु दर्ता बिनै संचालनमा छन । पाँच कक्षा दर्ता भएको निजि विधालयहरुले गैरकानुनी रुपले दस कक्षा चलाइरहेका छन । पाँच कक्षा भन्दा बढिका विद्यार्थी अभिभाकहरुसँग वर्षैभरि दर्तै नभएको निजि संस्थाको माध्यमबाट पढाईको नाममा अबैध असुली गर्छन । परिक्षाको बेला अब कहाँ कुन स्कुलबाट कसरी परिक्षा दिलाउने भन्ने अन्योलमा हुन्छन । अन्तिममा सामुदायिक विधालयहरुलाई गुहारछन । सामुदायिक विधालय र निजि विधालयको मिलोमतो हुन्छन । पैसाको चलखेल हुन्छन ।

सामुदायिक विधालयहरुले आफ्नै सार्वजनिक रकमले खरिद गरिएको परिक्षा सामग्रीहरुले निजि विधालयका विद्यार्थीहरुलाई परीक्षा दिन सहयोग गर्छन । यसरी सार्वजनिक पैसाको दुरुपयोग हुन्छन । यसमा संबंधित निकायको मौनताले शिक्षामा बेथिति पलाउँछन । शिक्षामा देखिएको यस किसिमको बेथितिले सामुदायिक शिक्षामा सुधारको परिकल्पना गर्न कठिन हुन्छ । सामुदायिक विधालयमा परिक्षा दिने निजि विधालयका विद्यार्थीहरुको कोपि कसले चेक गर्ने ? सामुदायिक विधालयका शिक्षक या निजि विधालयका शिक्षक ? उनिहरु कुन भत्तामा निजि विधालयको विद्यार्थीहरुको कोपि काट्ने ? सामुदायिक स्रोत साधनमा निजि विधालयको राज त हो यो । विधालय व्यवस्थापन समितिको चुनावमा सामुदायिक विधालयमा यसले के असर पार्ला ?

प्रतिक्रिया

सम्बन्धित समाचार