गौशाला : महोत्तरीको बर्दिवासमा चौथो बर्दिवास महोत्सवको (आज) शुक्रबार बिधिवत उद्धाटन गरि सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन उद्धाटन गरेका हुन् । महोत्सवको उदघाटन गर्दै उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न यो महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कोभिडका कारण बिश्वकै व्यापार व्यवसाय, पर्यटन प्रवद्र्धन, कृषि उत्पादन र वजारीकरण, उद्योग तथा कलकारखाना सबै क्षेत्र धारासायी बनेको वर्तमान अवस्थामा यस्ता महोत्सवले आर्थिक कारोवारमा टेवा पुग्ने उनले बिश्वास ब्यक्त गरे । उद्योग व्यापार र कलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण गर्दै प्रबद्र्धन गरौं’ भन्ने भावका साथ बर्दिबासमा महोत्सवको आयोजना गरीएको हो ।
बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा चौथो बर्दिवास महोत्सव लगाइएको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले जानकारी दिए । महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने उनले बताए ।
महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरु राखिएका छन । महोत्सव सम्पन्न गराउन ५५ लाख खर्च हुने र लाम्दानी ६० लाखको हाराहारीमा हुने अनुमान आयोजकको रहेको छ ।