https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, चैत ४ गते ।
महाेत्तरी : नयाँ वर्ष २०८० काे उपलक्ष्यमा तेस्रो ईन्डो नेपाल फुल कन्ट्याक्ट कराते ईन्टरनेशनल प्रतियोगिताकाे आठौं संस्करण महाेत्तरीकाे गाैशालामा हुने भएको छ । नयाँ वर्ष २०८० काे उपलक्ष्यमा बैशाखकाे अन्तिम साता तेस्रो ईन्डो नेपाल (अर्थात इन्डया नेपालीको) फुल कन्ट्याक्ट कराते ईन्टरनेशनल प्रतियोगिता आठौं संस्करण महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका अन्तर्गत गाैशाला बजारमा रहेको कबड हलमा हुने लागेको हाे ।

शनिबार गौशाला नगरपालिका वडा नं. २ स्थित संचालनमा रहेको रुपटप होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त खेल नयाँ वर्ष २०८० काे बैशाख महिनाकाे २९ गतेदेखि ३१ गतेसम्म अथार्त २०२३ मे १२ तारिखदेखि १४ तारिखसम्म हुने नेपाल IKKF कराते संघ मधेश प्रदेशका संयोजक संजिव चाैधरीले जानकारी दिनुभयो ।

यस खेलमा सहभागी हुने खेलाडीहरुलाई बर्दिवास स्थित सुविधा सम्पन्न होटलमा बासको व्यवस्था मिलाउने चौधरीको लक्ष्य रहेको छ । कुलतमा फसेका युवाहरुलाई बढी भन्दा बढी खेलमा सहभागी गराई कुलतबाट बचाउन यस्तो खेलहरुको आयोजना आवश्यक रहेको र विगतको दिनहरुमा पनि गरी रहने चौधरीले प्रतिवद्धता जनाएको छ ।

प्रतियोगितामा अनुमानित १५ लाखको लागतमा र इन्डिया नेपाल गरी तिन सय खेलाडीहरुको सहभागिता गराउने लक्ष्य रहेको संयोजक चाैधरीले जनाउनुभयाे । जसमा भारतको राजस्थान, मध्य प्रदेश, गाेहाठी, नागालैन्ड, त्रिरपुरा, आगारा, मुम्बई गोरखपुर लगायत नेपाका विभिन्न ठाउँहरूकाे खेलाडीहरुको सहभागिता गराउने योजना रहेकाे आयोजक टिमले जनाएको छ ।

गौशाला नगरपालिकामा पहिलो पटक तेश्रो नेपाल फुल कन्ट्रयाक्ट ईन्टरनेशनल कराते प्रतियोगिता हुनु समाज र राष्ट्रको लागी नै गाैरवकाे कुरा हाे । साथै खेलले शाशरिरीक तथा मानसिकरुपले स्वस्थ बनाउनमा अहम भुमिका रहेकोले स्थानीय सरकारले यस्ता खेलहरुलाई प्रोत्सहन गरी कुलतमा फसेका युवाहरुलाई बचाउन स्थानीय सरकारको दायित्व रहेको आई.के.के.एफ (IKKF) कराते संघका चिफ सिहान प्रेमनाथ श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागी भएको खेलाडीहरुलाई श्रेणी अनुसारको नगद पुरुस्कार, मेडल र प्रमाण-पत्र समेत दिने योजना रहेको छ । प्रतियोगिता नेपाल IKKF कराते संघ मधेश प्रदेश डाेजाे गाैशाला महाेत्तरीकाे आयोजनामा हुन लागेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार