
चन्दन कुमार महतो
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवालले सोही नगरपालिका नगर प्रमुखका प्रत्यासी दिपक यादवले आफन्तलाई जागिर नलागाइ दिएको भन्दै घरमा आक्रमणको प्रयास गरेका छन । नगर प्रमुख प्रत्यासी यादवको समुहले घरमै राखिरहेको अवस्थामा नगर प्रमुख जयसवाल चडने ना १ झ १६७३ नम्बरको सरकारी गाडी सो समुहले तोडफोड गरेको हो ।
यादवको नेतृत्वमा आएको अराजक समुहले गाडीमा ढुगा प्रहार गरी तोडफोड गरेको नगर प्रमुख जयसवालका छोरा शैलेश जयसवालले जानकारी दिएका छन । गाडीको अगाडी भागको सिसा फुटेको छ । सो समुहले नगर प्रमुख कै घरमा ढुंगा प्रहारको प्रयास गर्दा प्रहरीले रोकेको थियो ।
शुक्रबार दिउँसो पनि सो समुह गरुडा नगरपालिकाको कार्यालय घेराउ गर्न गएको थियो । यादवले गरुडा नगरपालिकामा आफ्नो घरको मान्छेलाई जागिर दिन पटक पटक धम्की दिएको र जागिर नदिएका कारण आफ्नो घरमा तोडफोड गरेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले बताए ।
गरुडा नगरपालिकाको यस अघिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादव हाकिम हुँदासम्म चुपचाप बसेका दिपक यादव अहिले सो नगरपालिकामा हाकिम परिर्वतन भएपछि आन्दोलित भएको स्थानियले बताएका छन । अहिले गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव भुदेब झा रहेका छन । कार्यालय घेराउ गर्न पुगेका यादवले पत्रकारलाई समेत गाली व्यजती गरेका थिए ।
निज दिपक यादवलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने रौतहटका पुराना पत्रकार प्रभात झाले बताएका छन । पत्रकारलाई गाली गरेको भिडियो अहिले समाजिक संजाल फेसबुकमा भाइरल भईरहेको छ ।