नेपालगञ्ज : बाँकेस्थित नेपालगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा अखिल क्रान्तिकारीकी दिपिका सोनी निर्वाचित भएकी छिन् ।
आइतबार भएको निर्वाचनमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सोनी विजयी भएकी हुन्। उनको ८१ मत आएको छ ।
उनकी प्रतिस्पर्धी निलिमा गिरीले ७८ मत ल्याएकी छिन् । उनी नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुकी उम्मेदवार हुन् ।
सचिवमा एमाले सम्वद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भएकी छि्न् । कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघकी रेलुसा खत्री विजयी भएकी छिन् ।
सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी निर्वाचित भएका छन् ।
क्याम्पसमा आइतबार भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ। क्याम्पसमा १६१ जना मतदाता छन् ।