
गाैशाला : महोत्तरीको मटिहानीमा रहेको स्वास्थ्य चौकीमा आज देखि जनस्वास्थ्य प्रयोगशाला (ल्याब) को स्थापना गरी शुभारम्भ भएको छ । मधेश प्रदेश सरकार र मटिहानी नगरपालिकाको सहकार्यमा स्थापित सो प्रयोगशाला (ल्याब)बाट CBC, RFT, LFT, L PROFILE , WIDAL , MALARIA , SUGAR , RA FACTOR , ASO लगायतका परीक्षण (जाँच) गरिने कुरा ल्याब टेक्नीशियन रितु नायकले जानकारी दिएको छ ।
प्रयोगशाला (ल्याब)को स्थापनाले यस क्षेत्रका जनता खुशी भएको छ । यसै बीच स्थापित सो प्रयोगशाला (ल्याब)को एक कार्यक्रम बीच महोत्तरी क्षेत्र नं.-३ (क) का प्रदेश सभा सदस्य अभिराम शर्मा र मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मंडलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्नु हुँदै प्रदेश सभा सदस्य शर्माले प्रयोगशाला (ल्याब) स्थापनाले स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने भन्नु भयो ।
मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मंडलले प्रदेशबाट प्राप्त आधुनिक प्रयोगशाला (ल्याब) संचालन सामग्रीले स्वास्थ्य क्षेत्रमा मटिहानी नगरपालिका अगाडि बढेको भन्नु भयो । मटिहानी नगरपालिका वड़ा नं.-६ का वड़ा अध्यक्ष कलीम अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी न.पा. उप-प्रमुख मंजु देवी साह, मटिहानी न.पा.वड़ा नं.-७ र ८ ,का वड़ा अध्यक्षहरू, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय साह, लोसपा केन्द्रीय सदस्य राम कुमार मंडल, मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, कार्यपालिका सदस्यहरू, मटिहानी न.पा.वड़ा नं.-६ र ८, का पूर्व वड़ा अध्यक्षहरू, पूर्व कर्मचारी रामजी मंडल, बरुन मंडल, रामसेवक साह, राम नारायण सहनी, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, समाज सेवी बिन्देश्वर नायक, लगाय स्थानीयहरुको सहभागिता रहेको थियो ।