
लक्ष्मण यादव
सर्लाही, चैत ६ गते ।
सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपालको पहिलो बरहथवा नगर अधिवेशनबाट सोमबार ६ जना पदाधिकारीसहित ५१ सदस्यीय समिति गठन गरिएको नेकपा एमाले बरहथवा नगर कमिटीका अध्यक्ष अमरेन्द्र सिंहले जानकारी दिनुभएको हो ।
संघको अध्यक्षमा प्रशिस साह,उपाध्यक्षमा पुष्पा कार्की,सचिवमा रुपेश कुमार यादव,उप-सचिबमा उमेश मण्डल,कमल त्रिपाठी र कोषाध्यक्षमा हरि चन्द्र सहनी सर्बसम्मत चयन भएका छन् ।
सन्तोष भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा बरहथवा नगरपालिकाका नगर प्रमुख कल्पना कुमारी कटुवाल,उप प्रमुख रामबाबु साह,नेकपा एमालेका जिल्ला सचीव केदार खत्री, युवा संघका सर्लाही जिल्ला अध्यक्ष बिशाल शंकर र नेकपा एमालेका बरहथवा नगर कमिटीका अध्यक्ष अमरेन्द्र सिंह लगायत नेकपा एमालेका जिल्ला तथा प्रदेश कमिटी सदस्यहरुको सहभागिता थियो ।