गौशाला, चैत ८ गते ।
महोत्तरीको गौशाला १२ मा दुर्गा मन्दिरको प्राङ्गणमा करिब ५ सय कुमारी कन्याद्वारा कलश स्थापना गरिएको छ । आज चैती दुर्गा मेला (वडादशै) को पहिलो दिन घटस्थापनाको अवसरमा गाैशाला नगरपालिका १२ कान्ति बजार स्थित रहेको दुर्गा मन्दिरको प्रांगणमा करिब ५ सय कुमारी कन्याद्वारा कलश स्थापना गरिएको हाे ।
मेला समितिका अनुसार कलश यात्रा कान्ति बजारबाट सुरु गरि ११ नम्बर गाउँ हुँदै जंगल छेउकाे डिहबार स्थानमा पुजा गरि सात नम्बर लक्ष्मिनिया हुँदै रुपनी माई स्थानमा गई कलशमा जल भरेर प्ररिया हुँदै कान्ति बजार दुर्गा मन्दिर गई कलश स्थापना गरिएका छन् ।
गतवर्ष भन्दा यस वर्ष कलश स्थापनामा वृद्धि भएको छ । शान्तपूर्ण तवरले विशाल कलश यात्रा सम्पन्न भएको छ । कलश यात्रा सम्पन्न पश्चात कुमारी कन्याहरुलाई प्रसाद दिई विदाई गरेकाे मेला समितिका अध्यक्ष ओपेन्द्र महताेले बताए ।
कलश यात्रामा प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महताे, वडा १२ अध्यक्ष कुशेश्वर सिंह, वडा सदस्यहरु, पार्टी प्रतिनिधिहरु, व्यापारीहरु, वृद्धिजिवि, राजनीतिकर्मी लगायत भक्तजनहरुको भिड देखिएको थियोे ।