https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अर्घाखाँची नगरपालिका १ पाणिनी चोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोखरेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएका छन् ।

बुटवलबाट बिदामा घर आएका पोखरेलले कुनै तालिम बिना इलेक्ट्रोनिक बाइक बनाएका हुन्। घरायसी स्तरमा रहेका खेर जाने वस्तुसँगै वजारबाट आवश्यक वस्तु संकलन गरी उनले यो बाइक बनाएको बताए।

यसअघि पनि उनले घरायसी काम नलाग्ने वस्तुको प्रयोग गरी जेसिभीको निमार्ण गरेका थिए ।

राज्यले यस्ता प्रकारका क्षमता लाई संरक्षण र प्रव’द्र्धन गर्ने कार्यमा लाग्ने हो भने हामीले परि कल्पना गरेको शिक्षा प्राप्त गर्न कुनै समय लाग्ने छैन, सागरले भने, ’सानो उमेरमा कागजका बनाउँथे, अहिले जीवनमा प्रयोगमा आउने साधन बनाएको छु।

उनलाई पारिवारको पूर्ण सहयोग छ। कसैबाट सहयोग पाएमा व्यवसायिक रुपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्न सकिने उनको भनाई छ।

उनले निर्माण गरेको इलेक्ट्रोनिक बाइको टुडिखेलमा डेमो प्रदर्शन गरिएको छ।एक औपचारिक कार्यक्रमको आयोजना गरी उनले बाइक टुडीखेलमा दौडाएका हुन्।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कार्यक्रमको व्यानर अनावरण गरेर उद्धा टन गरे । कार्यक्रममा सन्धि खर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक ।

जिल्ला शिक्षा समन्यव इकाइका प्रमुख मणिराम पराजुली, सन्धि खर्क १ का वडा अध्यक्ष युवराज बन्जाडे १२ का वडा अध्यक्ष नारायण खड्का, वडा सचिव अनन्तमणि पोखरेल लगायतको उपस्थितिमा बाइकको डेमो प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट