सर्लाही, चैत्र गते ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा २२ लाखको लागतमा चमरबा खोलामा पुल निर्माणको लागि शिलान्यास भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंजमा रहेको चमरबा खोलामा पुल निर्माणको लागि शिलान्यास भएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले आज एक कार्यक्रमको बिच पुलको शिलान्यास गर्नुभएको छ । यसरी पुल निर्माण हुने भएपछि किसानहरु खुसी भएको छ ।
वर्षौ देखि चमरबा खोलामा पुल नभएपछि बर्खा याममा किसानहरुलाई आवत जावत गर्न समस्या भैरहेको थियो भने किसानी गर्न समस्या समेत भैरहेको थियो । अब पुल निर्माण हुने भएपछि किसानहरुको बाटोको समस्या हटेको गाउँपालिका अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो ।