
गाैशाला, चैत १६ गते ।
नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसकाे अवसरमा महोत्तरी शाखाले बर्दिवासमा प्रभात फेरि कार्यक्रम गरि बर्दिवास अस्पताल रहेको विरामीहरुलाई फलफूल वितरण गरि मनाएको छ ।

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवस अवसरमा बिहीबार एक कार्यक्रमकाे आयोजना गरि बर्दिवासकाे भाेला बसन्त चाैकबाट प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारा सहित प्रभात फेरि गरि बर्दिवास अस्पताल गई अस्पतालमा रहेको १८ जना विरामीहरुलाई फलफुल वितरण गरि मनाएका छन ।
उक्त कार्यक्रममा महासंघ महाेत्तरी शाखाका पुर्व अध्यक्ष कमलेश मण्डल, गाेरखापत्रका रविन्द्र उप्रेती, राससका संन्जित मण्डल, एपिवनका नवीन चाैधरी, रेडियो नेपालका राम नारायण महताे, न्युज करखानाका विशाल बस्नेत, अनपुर्णका विजय सिंह, राजधानी टुडेका राजेश सिंह, दिनेश महताे, न्युज २४ का ललन मण्डल, प्रभात संदेशका मनाेज थापा, आशा ताेलंगे, रेडियो जुनताराका निरन्जन शाह, ममता शर्मा, शिरीष न्युजका धर्बेन्द्र यादव लगायतका संचारकर्मीहरुकाे उपस्थिति रहेको थियो ।