चन्दन कुमार महतो
रौतहट, चैत १८ गते ।
जनता समाजवादी पार्टी नेपाल राैतहट जिल्ला कमिटीद्वारा आयोजित गुजरा नगरपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
नगर भेला कार्यक्रमको अधयक्ष पार्टी जिल्ला अध्यक्ष श्याम बिहारी यादव, प्रमुख अतिथि केन्दिय सदस्य रामअश्ररे चौधरी, प्रदेश सचिव पुनित राम, प्रदेश सदस्य जिल्ला सह इन्चार्ज राज कुमार दास, प्रदेश सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश सदस्य बिजय चौधरी, प्रदेश सदस्य इस्वरीलाल यादव, च:पुरको नगर अध्यक्ष कल्यान राउत लगायतको उपस्थितिमा नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको हो ।
जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय संगठन बिस्तारको क्रममा आज गुजरा नगरपालिकाको सबै वडा (१ देखी ९ सम्म) को उपस्थित बिच नगर अध्यक्ष चयन सँगै ३१ सदस्यीय नगर तदर्थ समिति चयन भएको छ । जसमा भेलाबाट श्री अनुठा धामीलाई नगर तदर्थ समितिको अध्यक्ष पदमा चयन गरिएको छ । भन्ने वरिष्ठ उपाध्यक्ष- किसनाथ राम, उपाध्यक्ष- दिलिप कुमार यादब, उपाध्यक्ष – कुमरी देबी पसबान, सचिव-जमुल्लाह मन्सुरी, सह सचिव- दिनेश चौधरी, सह सचिव-जयमगल साह कल्बार, कोषाध्यक्ष- देबकी चौधरी, सदस्य- दर्शथ चौधरी, बिजय चौधरी, शेरेस्ता देबी चौधरी, मनीफ मिया, पलटन चौधरी, हेमन्त चौधरी, शेख कमरुदीन, शेख कमरुल होदा, तेजनरायण चौधरी, महन्त चौधरी, राजेश चौधरी, शेख हारुनरसिद, लुका देबान, शेख लैक जमा, बलिराम पनहर, शेख उमैयर, रिन्कु चौधरी, नेक महम्मद, किन्देशरी हजरथ दुसाद लगायत ३१ सदस्यीय समिति चयन भएका छन् ।