https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह  
लहान, चैत १९ गते ।
सिरहाको लहान नगरपालिका वाडा नम्बर ७ का वडा अध्यक्ष राम औंतार शर्माले करिब बिगत २५ वर्ष देखी थुपारीएर राखिएको पुरानो कवाडी सम्मान बेचिएको स्थानीयले आरोप लगाएका छन् । अध्यक्ष शर्माले पुरानो नगरपालिका भित्र रहेको कवाडी सम्मानहरु गैरकानुनी रूपमा दुरुपयोग गरेको हो ।

सरकारी सम्पत्ति बेच्दा कुनै निर्णय र कानुनी प्रक्रिया नअपनाई आफ्नो ब्यक्ती गत समप्ती जस्तो सरकारी समप्तीलाई गैरकानुनी रूपमा दुरुपयोग गरी करिब १५ लाख ५० हजार बराबरको पुरानो नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन भत्काई नयाँ भवन निर्माण हुने योजना रहेकोमा पुरानो भवनको झ्याल ढोका, ग्रील रेलिङ्ग लगायत वर्षाै देखि रहेको पुरानो मेशनरी पार्टस तथा कवाडी फलामका टुक्राहरु लहान ३ का संचालक मोहम्मद साबिर मियाँले संचालन गरेको नेशनल सप्लायर्समा करिब १५ लाख ५० हजार बराबरको कवाडी सम्मान बेचेको पुर्व वडा अध्यक्ष राकेश रोशन गुप्ताले आरोप लगाएका छन् ।

अध्यक्ष शर्माले लिलामी प्रक्रिया नअपनाई वडा अध्यक्षको पदिय गरिमा समेतलाई बेवास्ता गरी सरकारी सम्पत्तिलाई दुरुपयोग गरेका छन् । स्थानीय राकेश कुमार गुप्ताले अख्तियारमा सरकारी सम्प्ती गैरकानुनी रूपमा दुरुपयोग गरेको मुद्दा समेत दर्ता गराएका छन् । गत चैत १६ गते अख्तियारमा मुद्दा दर्ता  गराएका हुन । दर्ता नम्बर ३७४४ रहेको बताए । वडा अध्यक्ष शर्मालाई लिलम्बन गरी कानुन सम्बत कार्बाही प्रक्रिया अगाडि बढाउन पत्रकार समेलन गरी प्रेस बिज्ञप्ती सार्बजनिक गरेका छन् ।

लहान नगरपालिकाको जिन्सी शखाको समेत जानकारी नगराई कवाडी सम्मान बिक्री गरेको आरोप रहेका छन् । वडा अध्यक्ष शर्माका अनुसार दुई ट्रयाकटर कवाडी १ लाख ७० हजार बराबरको कवाडी बेचिएको बताए । बेचेको २ दिन पछाडी हामीले लहान नगरपालिकाको बैंक खातामा दाखिला गरेको बताए । झन आफुले लहान नगरपालिकालाई आम्दानी गराई दिएको अध्यक्ष शर्माले बताए । काम लाग्ने सम्मान आफुले नगरपालिका पठाएको अध्यक्षले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार