पवन प्रसाद साह
वीरगंज : बैंक लघुवित्त सहकारीको ज्याद्धति र चर्को व्याजदर बिरुद्ध सिए अजय चौरसिया र नरेश कुमार साहको अगुवाइमा वीरगंजमा र्याली निकालेको छ ।
बैंक लघुवित्त सहकारीको ज्याद्धति र चर्को व्याजदर बिरुद्ध घण्टाघर चौकबाट निस्केको बिरोध र्यालीमा बैंक दादा गिरी बन्द गर, जे गर्छु नेपाल मै गर्छु गरि खान देउ, मानसिक यातना दिने काम बन्द गर, यो सरकार हाम्रो मत के को लागि थियो, व्यपारि जोगाउ देस बचाउ, व्याज तिर्नेहरु सडकमा वयाज लिनेहरु महलमा इत्यादि नाराहरू लगाउदै नगरपरिक्रमा गरि पुनं घण्टाघर चौकमा आइ कोणसभामा परिणत भएको थियो ।
कोणसभालाइ सम्बोधन गर्दै सिए – अजय चौरसिया ले भने देशमा भ्रष्टाचार, वेथिति, महंगी र बैकको ऋण, सहकारी र लघुवित्तिय संस्थान समेतबाट जनताबाट चर्को व्याज लिएर आज सर्व साधारण नागरिक मर्न बाध्य भएका छन् । कतिपय नागरिकले झुन्डिएर मृत्यु स्वीकार गरे त कतिले आफ्नो शरीरमा पेट्रोल खन्याएर मर्न बाध्य भए । कति व्यवसायी बीस सेवन गरेर मरे र मर्ने क्रममा छन । देशको केन्द्रीय बैक राष्ट्र बैक नेपाली जन नागरिकको बैक हुन सकेन सिमित नेता र केही घरानिया व्यापारीले बैक नै कब्जामा लिएर देशको पैसा हिनामिना गरेका कारणले देश आर्थिक असफलता तर्फ जादैगरे बताए ।
साथै जनताको पैसा ५/६ % मा लिएर बैकबाट १६/१७% मा व्याज प्रवाह गरिएको छ भने लघुवित्तिय संस्थानहरूले ऋणीबाट ३२/३४ % व्याज मिटर व्याज लिएर नागरिकले चर्को व्याज तिर्न नसकेर मरिरहेका छन । अब यस्तो विकराल स्थितिलाई सहजीकरण गरेर नागरिक मर्नबाट बचाउन र सरकारलाई जनताप्रति जवाफदेही बन्न देशव्यापी रूपमा अभियान संचालन भईरहेको सिए चौरसिया ले बताए ।
त्यसतै कोणसभा लाइ सम्बोधन क्रममा नरेस कुमार साह ले भने आज, दाल, चामल, पिठो, फलफूल र तरकारी समेतको मूल्य ४००% सरकारले बढाएको छ। देशमा चरम भ्रष्टाचार भएको छ । जनता सधैं पिडामा छन यथावत् बिषयलाई सहज र संतुलन गर्न सरकारलाई खवरदारी गर्न आज देखि विभिन्न बिरोधका कार्यक्रम संचाल गरिनेछौ साथै वीरगंज बासी सबै जन नागरिकको सहभागीता र समर्थनकालागि समस्त जन उपस्थिति भईदिनु हुन यो बिरोध कार्यक्रम यहीँ चैत २७ गते राष्ट्रिय संयोजक दुर्गा प्रसाईको प्रमुख आतिथ्यमा विशाल आमसभा समेत हुने जानकारी गराएका थिए ।