https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : बाँके खोलामा मापदण्ड विपरीत अवैध उत्खनन भईरहेकाे पाइएको छ । सर्लाहीकाे ईश्वरपुर नगरपालिका १३ र महाेत्तरीकाे गाैशाला नगरपालिका १२ काे सिमानाकामा पर्ने बाँके खाेलामा मापदण्ड विपरीत अवैध रुपमा उत्खनन भईरहेकाे पाइएको हाे ।

बाँके खोला आधी भू-भाग गौशाला नगरपालिकामा र आधी भू-भाग ईश्वरपुर नगरपालिकामा पर्ने भएकोले गौशाला नगरपालिका र ईश्वरपुर नगरपालिकाबिच आपसी सम्झौता अनुसार एक साल ईश्वरपुर नगरपालिकाले खोला ठेक्का लगाउने र अर्को साल गौशाला नगरपालिकाले खोला ठेक्का लगाउने र अनुगमन दुबै स्थानीय पालिकाले गर्न पाउने सम्झदारी भएको गाैशाला नगरपालिका १२ का वडा अध्यक्ष कुशेश्वर सिंहले बताउनुभयो ।

यस वर्ष ईश्वरपुर नगरपालिकाले १ करोड ६ लाखमा विजय निर्माण सेवा बर्दिवास १२ लाई ठेक्का दिएको छ । जसमा दुबै स्थानीय तहका प्राविधिकहरुले उत्खनन गर्ने सिमाना छुट्टयाइए पनि मापदण्ड विपरीत उत्खनन भएको गाैशाला नगरपालिकाका ईन्जिनियर अजय यादवले बताए । जसमा ईश्वरपुर नगरपालिकाले विजय निर्माण सेवालाई ८ वटा स्काईभेटर प्रयोग गर्न निर्देशन दिएपनि बिहीबार खाेलामा १० वटा स्काईभेटर प्रयोग भएको ईन्जिनियर यादवले जानकारी दिए ।

तीन दिन देखी अवैध मापदण्ड विपरीत खोला उत्खनन भए पनि ईश्वरपुर नगरपालिकाबाट कुनै किसिमको अनुगमनमा नआएको स्थानीयहरु बताउँछन । यता गौशाला नगरपालिकामा नगरप्रहरीको टोलीले बुधबार अनुगमनमा जाँदा मापदण्ड विपरीत खोला उत्खनन गरीरहेको स्काईभेटरलाई रोक्न जाँदा विजय निमार्ण सेवाका लठैतहरुले अबरोध गरी भने अब उपरान्त नगरप्रहरी खोलामा आए मारिदिने धम्की दिए पनि पुनः आज विहिवार गौशाला नगरपालिकाका ईन्जीनियर अजय यादव सहित नगरप्रहरीको टोली बाँके खोलामा अनुगमन गर्न जाँदा दशवटा स्काईभेटर प्रयोग गरी मापदण्ड विपरीत अवैध उत्खनन भई रहेको गौशाला नगरपालिकाका नगरप्रहरीले बताए ।

सरकारी बन्देजलाई लत्याउदै बाँके खोलाबाट ईश्वरपुर नगरपालिका जनप्रतिनिधि, प्रहरी र क्रसर इनको सेटिङमा दैनिक दश वटा स्काईभेटर र चालिस, पच्चासकाे संख्यामा टिफर प्रयोगगरी ढुंगा, गिटी बालुवा उत्खनन भइरहेको स्थानीयहरुले आराेप लगाएको छ ।

बाँके खोला आधी भू-भाग गौशाला नगरपालिकामा र आधी भू-भाग ईश्वरपुर नगरपालिकामा पर्ने भएकोले गौशाला नगरपालिका र ईश्वरपुर नगरपालिकाबिच आपसी सम्झौता अनुसार एक साल ईश्वरपुर नगरपालिकाले खोला ठेक्का लगाउने र अर्को साल गौशाला नगरपालिकाले खोला ठेक्का लगाउने र अनुगमन दुबै स्थानीय पालिकाले गर्न पाउने सम्झदारी भएको गाैशाला नगरपालिका १२ का वडा अध्यक्ष कुशेश्वर सिंहले बताउनुभयो ।

गौशाला नगरपालिकाबाट खटिएको टोलीको गाडी देख्न साथ भागाभाग भए तर पनि दुई वटा स्काईभेटरलाई गौशाला नगरपालिकाका नगरप्रहरीले नियन्त्रणमा लिए । स्काईभेटर पक्राउ पश्चात नगरप्रमुख डा. दिपेन्द्र महतोले ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल रामनगरलाई जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय गौशालाले कान्तिबजारका एक टोली र रामनगर बेस क्याम्पका एक टोली खोलामा पुगे पनि समातिएका दुई स्काईभेटरलाई कान्ति बजार चौकीमा ल्याउनबाट असफल भए पछि पुनः एक एक टोली उत्खनन स्थलमा पुगे तर पनि असफल भए ।

कारण प्रहरीले कानुनको दायरामा ल्याउनुको सट्टा क्रसर इनको पक्षमै वकालत गरिरहे स्थानीयहरुकाे आराेप छ । मापदण्ड विपरीत उत्खनन गर्ने २ वटा स्काईभेटर प्रहरी चौकीमा ल्याउन नसक्नु स्थानीयको शान्ति सुरक्षा प्रति प्रश्न चिन्ह खडा भएको छ । खाेला उत्खनन कार्यका लागि दुबैपक्ष बसेर छलफल गरेपछि मात्र कार्य अगाडि बढने सहमति भएको छ । तत्कालकाे लागि खाेला उत्खनन कार्य बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार