लक्षमण यादव
बरहथवा : सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकै बलरा नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय राम प्रसाद राय रहेका छन् ।
उनको साथबाट नेपाली रु १ हजार दरका २ लाख ६८ हजार नक्कली नोट बरामद गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र मिश्रले जानकारी दिए ।

बरहथवा नगरपालिका-१७ कटानीस्थित नहरतर्फ आउँदै गरेको बि.आर ३० एम ३८२५ इन्डियन नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चालक रायको साथबाट नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
नक्कली नोटसहित पक्राउ परेका रायलाई मुद्रा सम्बन्धिको कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
