
गाैशाला : महोत्तरीमा उपचारका लागि अस्पताल लगिएको थुनुवा फरार भएको छ । कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव जनकपुरधामस्थित एक अस्पतालको शौचालयको झ्याल फोडेर फरार भएका छन् ।
यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधाम स्थित आर्या हस्पिटल लगिएकोमा अस्पतालको शौचालय कक्षको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।