
सर्लाही, चैत २५ गते ।
सर्लाहीमा प्रतिबन्धित लागूऔषध सहित २० वर्षीय एक युवकलाई प्रहरीले पक्राउ परकाे छ ।
शनिबार बिहान सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ मा भारतबाट साईकल चलाउदै नेपाल तर्फ आउँदै गरेका कौडेना गाउँपालिका २ ईनर्वा बस्ने २० वर्षीय किसन यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको साथबाट कोडिवेल नाम १०० एमएलको ५० बोत्तल बरामद गरेको छन । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।