गाैशाला : महोत्तरीको गौशालामा चाेरीकाे मोटरसाइकल सहित एकजना एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका वडा न. ३ प्रमोद सहनीका १९ वर्षीय छाेरा सुजित सहनी रहेकाे हाे ।
सहनीले निगौल चौकमा उत्तर तर्फबाट ज. ७ प. १२१४ नम्बरको रातो रंग को १६० सि सि को अपाचे मोटरसाइकल दक्षिण तर्फ डोर्याएर लगिरहेको बेला इलाका प्रहरी कार्यालय गौशालाबाट खटिरहेको प्रहरीले शंका लागेर चेकजांच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएका छन ।
सहनी संग मोटरसाइकलको कागजात माग्दा केहि पनि फेला नपरेपछी प्रहरीले नियन्त्रणमा लिएका थिए । सहनीले आफुले गौशाला वडा न.५ शिवभक्तिखोरबाट मोटरसाइकल चोरी गरेर ल्याएको स्वीकार समेत गरे ।
पक्राउ परेका सहनीलाइ हिरासतमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज कुमार यादवले जानकारी दिए ।
वडा अध्यक्षको छोराले नै मोटरसाइकल चोरी गरे पछी स्थानीय जनसमुदायबिच उनको चर्को आलोचना भईरहेको छ । गौशाला बजारमा बिगत देखि मोटरसाइकल चोरी हुदै आइरहेको बताउदै एक वडा सदस्यले यस्ता चोरहरुलाइ कानुनि दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताए ।
उनले छोरा मोटरसाइकल चोरेर छिमेकी मुलुक भारतमा लागेर बेच्ने गरेको र बुबा वडा अध्यक्षले भारतबाट माछा ल्याएर नेपाल भित्र्याउने गरेको टिप्पणी गरे। उनले भने, ‘यस घटनाबाट सोनमा – ३ का जनताले राम्रालाइ नभएर हाम्रालाइ भोट दिएको पुष्टि भएको छ । यदि जनसमुदायले राम्रालाइ भोट दिएको भए यस्तो संस्कार भएको व्यक्ति हेर्नुपर्ने थिएन ।’
साथै उनले छोराले आफ्नो बुबा वडा अध्यक्ष भएपछी सहजै संरक्षण पाउने भन्ने सोचले चोरी गरेको बताए ।