https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजा झा

जनकपुरधाम : सप्तरीमा एटिएमबाट पैसा ननिस्किँदा बुथको ढोकामा तोडफोड गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अग्निसाइर कृष्णसवरण गाउँपालिका- २ बस्ने ३८ वर्षीय सुबासकुमार चौधरी र २५ वर्षीय निराजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बिहीबार साँझ अग्निसाइर कृष्णसवरण- ६ महुली बजारस्थित‍ माच्छापुछ्रे बैकको एटीएमबाट पैसा निकाल्न खोज्दा ननिस्किएपछि रिसले दुवै जनाले एटीएमको बुथको ढोकाको सिसा लात र हातले हानी फुटाइ रहेको अवस्थामा सेक्युरिटी गार्डले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार