काठमाडौँ : बैंक तथा वित्तीय संस्थाले आज (शुक्रबार)देखि नयाँ ब्याज दर लागु गरेका छन् ।
बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्वयनमा गएको हो ।
निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ ।
बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ ।
यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
शुक्रबारदेखि साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।