
राजेश सिंह
गाैशाला, बैशाख १ गते ।
महाेत्तरीकाे बर्दिवासमा संचालित सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष तथा चुरे संरक्षण विज्ञ नागदेव यादवलाई सम्माननीय राष्ट्रपतिकाे कार्यालयले प्रवल जनसेवाश्री पञ्चम श्रेणीद्वारा विभूषित गरेका छन् ।

शुक्रबार नयाँ वर्षको अवसरमा संविधान दिवस (राष्ट्रिय दिवस) का दिन विभुषन प्रदान गर्न घाेषणा भएवमाेजिम बर्दिवासमा संचालित सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष तथा चुरे संरक्षण विज्ञ नागदेव यादवलाई सम्माननीय राष्ट्रपतिकाे कार्यालयले प्रवल जनसेवाश्री पञ्चम श्रेणीद्वारा विभुषित गरेका हुन् ।

यादवले नेपाल राष्ट्रको गौरव एवम नेपाली जनताको हित अभिवृद्धिको साथै चुरे जलाधार क्षेत्रको संरक्षण सम्वर्द्वन, पर्यावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन /अल्पीकरण, विपद व्यवस्थापन न्यूनीकरण, जिविकोपार्जनको सवालमा गरेको असल अभ्यास तथा सिकाईहरुको अनुशरण गर्दै महोत्तरी, धनुषा र सिरहा जिल्लामा भएको कार्यको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मान स्वरुप जनसेवाश्री पञ्चम श्रेणी पदकद्वारा विभूषित गरिएका छन् ।
विज्ञ यादवले शुभ अवसरमा नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा मानपदवीको गरिमा कायम राख्न यो सफलता प्राप्त गर्न सहयोग गर्ने संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सवै सरकारी तथा गैर सरकारी, अन्तर्राष्ट्रीय गैर सरकारी संघ संस्था Caritas Germany, Caritas Nepal, UNDP, ICIMOD, EU, Adra Nepal, Helvetas Nepal, CGED Nepal, Libird, NAST, KU, TU, PU, Different Award, समुदाय, नागरिक समाज, संचारकर्मी तथा CDAFN Team प्रति हार्दिक आभार व्यक्त गरेका हुन ।
