पवन प्रसाद साह
बिरगंज, बैशाख १ गते ।
अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सदस्यमा मनोज कुमार कुशवाहा निर्विरोध चयन भएका छन ।
अखिल नेपाल नेपाल किसान महासंघको झापा जिल्लाको दमकमा २०७९ चैत २९ गतेदेखि २०८० साल बैशाख १ गतेसम्म भएको सातौ राष्ट्रिय महाधिवेसनको बन्द सत्रबाट केन्द्रिय सदस्यमा मनोनज कुमार कुशवाहा निर्विरोध चयन भएका हुन् ।
कुशवाहा पर्सा जिल्ला स्थित बिरगंज महानगरपालिका वडा नं २७ उदयपुरघुर्मि (कुहडि) निवासी हुन । कुशवाहा नेकपा एमाले जिल्ला कार्यसमिति पर्साका सचिवालय सदस्य पनि हुन ।
साथै कुशवाहा सामाजिक सेवामा समर्पित रहि दिनदुखी गरिबी परिवारहरुलाई सधै दुख-सुखमा सहयोग गर्ने सामाजिक अभियन्ताको रुपमा नाम कमाएका चिरपरिचित व्यक्ति हुन ।