सुरेन्द्र सिंह
बर्दिवास: महाेत्तरीकाे बर्दिवास नगरपालिकाका अधिकाँश वडामा रहेको इनारहरुमा पानी सुख्न थालेपछि स्थानीय बासिन्दाहरु समस्यामा परेका छन् ।
चैत-बैशाखको प्रचण्ड धूपले ईनारमा पानी सुकेपछि स्थानीय बासिन्दाहरु टाढा-टाढाबाट पानी ल्याउन बाध्य भएका छन् ।बर्दिवास नगरपालिका वडा नं. ९ पशुपतिनगर र वडा नं. १३ बिजलपुरामा खाने पानी ट्यांकी निर्माण गरेपनि संचालन हुन् नसकेको स्थानीय स्थानीयले दु:ख पोखे ।
पशुपतिनगरमा गत वर्षबाट मात्रै संचालनमा आएको खाने पानी ट्यांकी एक साल नबित्दै पानी आउन छाडेका छन् । स्थानीयवासीले पठक-पटक गुनासो गरेपनि वडा अध्यक्ष घुरन महतोले खासै चासो नदिएको बताए ।
यता विजलपुरामा धारा सुचारुको लागि सबै प्रक्रिया पुगेपनि जग्गा विवाद भएको हुनाली धारा संचालन हुन् नसकेको वडा नं. १३ का वडा अध्यक्ष लक्षमण सिंहले बताए ।
बर्दिवास नगरपालिकाका उप-मेयर तारा देवीले १-२ दिन भित्रै धारा संचालन हुने भनेर आस्वासन मात्रै दिदै आएको जनताले दु: ख पोखे । स्थानीयका अनुसार आफुहरुले आफ्नो गाउँ-ठाउँको विकाश गर्छ भनेर निर्धक्क भएर जिताए तर जिते पछि केहि काम नगरेको बताए ।
पशुपतिनगरमा हरेक चैत, बैशाख र जेष्ठमा ईनारमा पानी सुख्ने क्रम जारी रह्दा पनि सम्बन्धित निकाएले केही चासो नदेखिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।