
गौशालाः महोत्तरीको गौशालामा १५ सैया अस्पतालको शिलान्यास गरिएको छ । साेमबार एक समारोहबिच गौशाला नगरपालिका ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा १५ सैया अस्पतालको तीन तल्ले भवन निर्माणको लागि नगरप्रमुख डा. दिपेन्द्र महतोले शिलान्यास गर्नुभएको हो ।


संघ सरकारको अनुदानमा निर्माण हुने उक्त भवनमा अपरेशन सेवा, भिडियो एक्सरे सेवा, ल्याब सेवा, ईसिजि सेवा, डिलेभरी सेवा, लिफट, सेवा सहितको सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने नगरपालिकाका इन्जिनियर अजय कुमार यादवले जानकारी दिनुभयो । दुई वर्ष भित्र काम सम्पन्न गर्नुपर्ने उक्त भवन बनाउन श्री नमुना कन्ट्रक्सन प्रा.लि. विराटनगरले ठेक्का लिएको छ । भवन १२ करोड ४९ लाख ७९ हजार ३१ रुपैया १२ पैसाको लागतमा निर्माण सम्पन्न हुने इन्जिनियर यादवले जनाएका छन ।

सो कार्यक्रममा नगरपालिका ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, वडा ४ का अध्यक्ष, रामनारायण महासेठ, वडा ६ का राम साेगार्थ यादव, वडा ७ का अध्यक्ष मनोज चौधरी, वडा ९ का अध्यक्ष बद्रि सिंह दनुवार, वडा १० का अध्यक्ष मुकेश महतो र वडा १२ का अध्यक्ष कुशेश्वर सिंह कुशवाहा, वडा सदस्यहरु, प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति, जनता मा.वि.भरतपुरका अध्यक्ष योगनारायण महतो, स्वास्थ्यकर्मी, आइ.के.के.एफका प्रदेशका सचिव संजिव चौधरी, शिक्षक, राजनितिकर्मि, बुद्धिजिवी, पत्रकार लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।




