
मुकेश झा
सर्लाही, बैशाख ५ गते ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र द्वारा संचालित एकीकृत पोषण तथा जिविकोपार्जन परियोजना द्वारा गठन भएको( CVA ) नागरिक अवाज र कर्तव्य समूहले सर्लाहीको हरिपुर्वा नगरपालिका ३ स्थित धनकौलमा स्थानीय निकाय, समुदायका बुद्धिजीवी बर्ग, युवा र CVA का सदस्यहरुको उपस्थितिमा सरसफाइ अभियान कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रममा सुत्केरी महिला, गर्भवती महिला तथा बालबालिकाहरुलाई दिइने नियमित खोप सम्बन्धि जनचेतना जगाउने कार्य समेत भएको RRPK को स्वास्थ्य फिल्ड अधिकृत कर्मचारी राजेश साहले बताए ।