काठमाडौं, बैशाख ६ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि भारतकाे दिल्ली गएको छ । बुधबार पौडेल थप उपचारका लागि श्री एयरको विमान मार्फत भारतकाे दिल्ली गएको हाे ।
पाैडेलकाे छातीमा संक्रमण देखिएको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार गराउन गएका छन् ।
उनका साथमा चिकित्सक सहित श्रीमती, छोरा लगायतका टोली भारत गएका छन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल पुगेर विदाई गरेका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो ।