महेश सिंह
सिरहा लहान, बैशाख ६ गते ।
सिरहाको लहान नगरपालिका वाडा नम्बर १५ मा अव्यवस्थित रहेको हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रको वार्षिकोउत्सव सम्पन्न भएको छ ।
कोईरालो खोला नमुना सिमसार क्षेत्र उपभोक्ता समितिले आयोजना गरेको ९ कुण्डीय गायत्री महायज्ञ बुधबारबाट सुरु भएको छ् । लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले दीप प्रज्वलन र धोवजा रोपन गरी बिशाल गायात्री महायज्ञको उदघाटन गरेका छन् ।
यज्ञ उदघाटनमा करिब एक हजार सोभा कलस यात्रा निकालिएका थिए । लहान नगरपालिकाको वाडा नम्बर १५ स्थित रहेको शक्ति पिठ राजदेवी पंचावती मन्दिरको परिक्रमा गरी यज्ञ स्थलमा कलस सोपिएका हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष रुद्र नारायण चौधरीले बताए । हातीदहले छोटाे समयमा राष्ट्रिय स्तरमा चिनाउन सफल पर्यटकीय क्षेत्रको रूपमा चिनीएका छन ।
प्रकृति सम्पदाले भरि पुर्ण रहेको हातिदहमा नेपालका विभिन्न जिल्ला लगायत छिमेकी मुलुक भारतका नागरिकहरु समेत नेपाली भुमिमा रमाउन आउने गरेका वडा अध्यक्ष तेज नारायण चौधरीले बताए । कोईरालो खोला तथा सिमसार क्षेत्रको रूपमा तत्कालीन चिनीएको हातीदह अहिले हातीदह पर्यटकिय क्षेत्रको रूपमा प्रख्यात रहेका छन् । विभिन्न प्रकारको बन्यजन्तु र पिक्निक रिसोर्ट रहेका दह प्रकृति सौन्दर्यले भरी पुर्ण रहेका हातीदहमा भिजिट र रमाइलो गर्न मानिसहरुको भिड लागने गरिएको अध्यक्ष रुद्र नारायण चौधरीले जनाए ।
वार्षिकउत्सवको उपलक्ष्यमा धार्मिक अनुस्ठान गायत्री महायज्ञ ९ कुण्डीय नवाह सुरु भएका छन् । धार्मिक व्यक्तीहरुद्वारा कथा प्रवचन लगायतका सांकृतिक प्रोग्रामहरु हुने गरेका छन् । लहान नगरपालिकालाई चिनाउन थप नयाँ आयामको रूपमा उदय भएका हातीदह चर्चाको विषय बनेका छन् ।