https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : सर्लाहीमा ट्रकले माेटरसाईकललाई ठक्कर दिँदा दुईजनाको मृत्युु भएको छ । जिल्लाको लालबन्दी स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हाे ।

मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरीकाे गौशाला नगरपालिका ११ भरतपुर बस्ने वर्ष २९ को श्रवण कुमार महतो र पछाडी बस्ने उनका भतिजा वर्ष १२ को बिक्रम कुमार महतो रहेको प्रहरीले जनाएको छ ।

बिहिबार (आज) बिहान करिब ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई प्र. २–०३–००१ख ८१५ नम्बरको ट्रकले लालबन्दी नगरपालिका स्थित महेन्द्र राजमार्गको कालिञ्जोर खोलाको पूलदेखि केही पश्चिम ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक श्रवण र पछाडी सवार बिक्रमको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको दुबैजनाको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भईरहेको उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार