https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टैे सम्पन्न गरिने बताउनुभएको छ ।

चितवनको निर्वाचन क्षेत्र नं.-२ को चुनावी सभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपील गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अघिल्लोपटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ । संयोगले यसपटक पनि म नै प्रधानमन्त्री छुु । यो कार्यकालमा औद्योगिक ग्राम निर्माणको काम सम्पन्न गर्छौं । यसका साथै चितवनको विकासका लागि रणनीतिक महत्त्वका योजनाहरू अगाडि बढाउँछौं ।”

सभामा प्रधानमन्त्रीले खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गर्न चितवनबासीलाई अपील गर्नुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहिँ खहरे खोला पनि उर्लिएर आउँछ । त्यो छिट्टै सुक्छ । तर, नदी सदाबहार हुन्छ । केही समयदेखि यता चितवनमा खहरे भेल आएको छ । तर अहिले बिस्तारै सुक्दैछ । मतदाताहरू लयमा फर्किंदैछन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरू विशाल नदी हुन् । यिनीहरू सदाबहार रूपमा अगाडि बढ्छन् ।”

“जीतनारायण श्रेष्ठ चितवन-२ का लागि सबैभन्दा योग्य उम्मेदवार हो” प्रधानमन्त्रीले भन्नुभयो, “चितवनलाई राम्रोसँग बुझेको, यहाँका जनतासँग भिजेको उम्मेदवार उहाँ नै हो । उहाँ कांग्रेसको मात्र नभएर गठबन्धनको साझा उम्मेदवार हो । जीतनारायणलाई जिताएर पठाउनुस्, चितवनको विकासमा महत्त्वपूर्ण सहयोग गर्छौं ।”

संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन बनेकोमा प्रधानमन्त्रीले जोड दिँदै भन्नुभयो, “हामीले गठबन्धन गरेर लोकतन्त्र र संविधानविरोधी शक्तिलाई हरायौं । संसद विघटन गर्ने प्रवृत्तिलाई सडकबाट पराजित गर्‍यौं । त्यसकै आधारमा अहिलेको गठबन्धन बनेको हो । सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएर गठबन्धन सरकार अगाडि बढिरहेको छ । यो गठबन्धन अझै सुदृढ बन्दै जान्छ । एकतावद्ध भएर मुलुकका चुनौती छिचोल्दै विकास र समृद्धिलाई तीव्रता दिन्छौं ।”

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ को विकासका निम्ति जीतनारायण श्रेष्ठ सबैभन्दा योग्य उम्मेदवार भएको भन्दै अत्यधिक मतलेे विजयी गराउन चितवनबासीलाई अपील गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार