गाैशाला : महाेत्तरीमा ईलाका प्रहरी कार्यालय गौशालाले घटनामा संलग्न टिफरका चालक गौशाला नगरपालिका १० का कृष्णा महतोलाई नियन्त्रणमा लिएको छ ।
नगरपालिकाको कार्यालयले शुक्रबार घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा प्रहरीले महतोलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएका छन् । प्रहरीमा दर्ता भएको उजुरीको आधारमा कानुन प्रक्रिया अगाडि बढाईने प्रहरी निरीक्षक यादवले बताएका छन् ।
प्रदेश नं. २–०३–००१ क ०४३८ नम्बरको टिपर चालक रहेका महतोले डियुटीमा खटिएको गौशाला नगरपालिकाको नगरप्रहरी जवान पान वहादुर लामालाई कुटपिट गरिएको थियो । जसको कारण शुक्रबार दिनभरि नै नगरको कामकाज प्रभावित भएका थिए ।