https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला: नियम विपरीत जरिवाना काटेको भन्दै महाेत्तरीकाे गाैशाला नगरपालिकाले जिल्ला समन्वय समितिकाे कार्यालयसँग स्पष्टीकरण मागेको छ ।

जिल्ला समन्वय समिति महाेत्तरीकाे कार्यालयले गत बैशाख ५ गते रसिद नं. ९८१, गाैशाला नगरपालिका ११ बस्ने सुसिल कुमार महतोको नाममा रु.२०  हजारकाे अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरेवापत जरिवाना रकम काटिएको रसिदमाथि गाैशाला नगरपालिकाको ध्यानाकर्षण भएको कार्यालय स्रोतले जनाएको छ ।

नगरपालिकाकाे अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ बमोजिम अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरेवापत जरिवाना गर्ने अधिकार गाउँपालिका तथा नगरपालिकालाई भएको व्यवस्था विरुद्ध जि.स.स. कार्यालयले कुन अधिकार प्रयोग गरी सो रसिद काटेको हो सोको जानकारी गराउन नगरपालिकाले पत्र पठाएका छन् ।

नगरपालिकाले अगामि दिनहरुमा समाजमा शान्ति र सदभाव बिग्रिने कुनै किसिमको क्रियाकलाप भएमा यसको सम्पूर्ण जिम्मेवारी जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले लिनु पर्ने गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार