सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकामा आइतबारदेखि सातदिने आधारभूत आधुनिक पत्रकारिता तालीम सुरु भएको छ ।
धनकौल गाउँपालिकाको आर्थिक सहयोग तथा विज्ञापन सेवा समिति सर्लाहीको आयोजनामा कार्यक्रम सुरु गरिएको विज्ञापन सेवा समितिका अध्यक्ष बख्तियार अलिले जानकारी दिए । वैशाख १० गतेदेखि १६ गतेसम्म संचालन हुने उक्त तालिममा ३० जना परिक्षार्थीको सहभागिता रहेको आयोजकले जानकारी दिए ।
धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहको प्रमुख आतिथ्यतामा धनकौल गाउँपालिकाको सभाहलमा सम्पन्न उद्घाटन समारोहमा धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह,पत्रकार रामबाबु खड्का,बख्तियार अलि,मनोज यादव,राकेश गुप्ता,राधेश्याम कुश्वाहा,लक्ष्मण यादव, परिक्षार्थीहरुलगायतको सहभागिता रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै धनकौल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साहले पीडितको आवाज बोल्ने भनेको पत्रकारले हो तर धनकौल गाउँपालिकामा पत्रकारको अभाव भएकोले तालिमको आयोजना गरेको बताए ।