
लक्षमन यादव
सर्लाही, बैशाख ११ गते ।
सर्लाहीको धनकौल गाउँपालिका-४ महिनाथपुरमा २० घरधुरीलाई खेतमा सिचाई गर्न नि:शुल्क स्यालो ट्युबवेल पम्प तथा बोडिङ्गसेट वितरण गरिएको छ ।
स्थानीय समाजसेवी तथा युवा नेता दिपेश यादवले उक्त सामाग्री वितरण गरेका हुन् । किसानहरुलाई खेतमा सिचाई गर्न मद्दत पुगोस् भनेर उक्त सामाग्री भुमिगत जलस्रोत विकास समिति जलेश्वर, महोत्तरीबाट ल्याएर वितरण गरेको उनले भने ।
धनकौल-४ महिनाथपुर निवासी युवा समाजसेवी यादव बरहथवा-७ स्थित रहेको गोल्डेन हस्पिटलका संचालक हुन् ।