https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउनुभयो ।

विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउनुभयो । एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो । उपेन्द्र यादव यसअघि गएको मंसिरमा भएको चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित हुनुभएको थियो । बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि त्यहाँ उपचुनाव भएको हो ।

यो नतिजासहित उपचुनाव भएका तीन वटै क्षेत्रको अन्तिम नतिजा आएको छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्ले विजयी हुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार