रूपेश यादव
रौतहट, बैशाख १५ गते ।
राैतहट जिल्लाकाे उतरी भेगमा पर्ने कटहरिया नगरपालिकाकाे भसेढवामा विधालय भवनकाे सिलान्यास कार्यक्रम सम्पन्न भएको छ
। कटहरिया नगरपालिकाकाे वडा नं १ मा रहेकाे श्री काेपिला प्रा.वि. मा ४ काेठे भवनकाे सिलान्यास भएकाे हो । राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत ४५ लाखकाे लागतमा ४ काेठे भवन निर्माण हुने जनाएको छ ।
बिहिवारका दिन एक कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जयसवाल र नगर उपप्रमुख रिता देवी यादव तथा वडा अध्यक्ष भुपेन्द्र महताेले संयुक्त रूपमा शिलान्यास गरेका हुन । विधालयमा भवनकाे अभावले पढाईमा समेत कठिनाई भईरहेकोले नयाँ भवन बन्न थालेसंगै लामो समयको प्रतीक्षापछि भवनको शिलान्यास भएपछि स्थानीयहरूले खुसी व्यक्त गरेका छन । अब नयाँ भवन निर्माण भएपछि विधार्थिहरूकाे पढाई सहज हुने स्कुल कि प्रधानाध्यापक शुशिला कुमारि कुशवाहाले जनाए ।
साे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, पुर्व मेयर प्रत्यासी जवाहर राय यादव, वडा अध्यक्ष सर्फलाल गुप्ता, शेख रसिद अलि, चन्दन कुशवाहा, श्यामाकान्त यादव, योजना प्रमुख राम नरेश यादव, शिक्षा संयाेजक सुरेन्द्र ठाकुर, प्रधानध्यापक राममंगल यादव, मुक्ति कुशवाहा, बिजय कुशवाहा, शिक्षक अजय कुशवाहा, कुणाल कुशवाहा, अभिभावक, बालबालिका लगायत पत्रकारहरूकाे उपस्थित रहेका थिए ।