समाजिक अभियन्ता : सराेज राय
काठमाडौं : एक जना भारतीय नागरिकको हत्या अभियोगमा वैदेशिक रोजगारीमा सउदी पुगेका पांच जना नेपालीहरू जेल परेका थिए । पछि अदालतले निर्दोष साबित गरे र सबैजना ३ वर्ष ९ महिना पछि जेलबाट रिहा भयो । जेलबाट रिहा भए पनि नेपाल फर्किन सहज भएन, रिहा भएको ८ महिना पछि मात्र हाम्रो दुतावासको सहजीकरणमा सबैजना एक महिना अगाडी स्वदेश फिर्ता आए ।
जेलबाट रिहा भए पछि दमाम स्थित नेपाल दुतावासको सेन्टरमा सबैजना बास बस्यो । उक्त बसाइको क्रममा दुतावासको कर्मचारी मार्पत यिनीहरूले जानकारी पाए कि साउदीको जेलमा परेको व्यक्ति निर्दोश साबित भएमा साउदीको सरकारले त्यस्तो निर्दोश व्यक्तिलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । त्यहीँ आश्वासनमा परी सबैजना ८ महिना दुतावासको सेन्टरमा बसे र एक्जिट भिसा लागे पछि क्षतिपूर्ति बिना नै स्वदेश फर्के ।
जेल पर्नेमा भक्तपुर जिल्ला चागुंनारायण न.पा. वडा नं. ३ स्थित वर्ष ४५ को कृष्ण बहादुर गाँसी, महोत्तरी जिल्ला लोहारपट्टी न.पा. वडा नं.५ बस्ने वर्ष ४२ को ईन्द्रजीत मंडल, इलाम जिल्ला इलाम न.पा. वडा नं. ३ हाल ए.ए.वडा नं.९ बस्ने वर्ष ५० को धनबहादुर तामाङ्ग, धनुषा जिल्ला कमला न.पा. वडा नं. ५ बस्ने वर्र्ष ५१ को राम प्रसाद ठाकुर र सिरहा जिल्ला सिरहा न.पा. वडा नं. १२ बस्ने वर्ष ४६ को वासुदेव ठाकुर रहेका छन् ।
यिनी मध्ये वासुदेव ठाकुरको सो कम्पनीमा काम गरेको तलब २,००० साउदी रियाल साउदीको बैंकमा रहेको, राम प्रसाद ठाकुरको तलब १,५०० साउदी रियाल साउदीको बैंकमा रहेका र सो कम्पनीबाट पाउनु पर्ने अन्य सेवा सुविधा र २ महिनाको काम गरेको तलब समेत वाकि रहेका छन् ।
यिनी सबैजना नेपाल फर्कि सकेको अवस्थामा कार्यरत कम्पनिबाट पाउनु पर्ने तलब सुविधा लगायत सो गन्तव्य मुलुकबाट निर्दोश भएर पनि जेल परेको क्षतिपूर्ति पाउन आशमा अहिले पनि बसेका छन् ।
पक्राउ परेका बेला देखि म सरोज राय यिनीहरूको उद्धारको लागि निरन्तर पहल गर्दै आएको छु, वैदेशिक रोजगार बोर्डमा यिनीहरूको लागि पहिलो निवेदन दिएको थिए, सम्बन्धित निकाय र दुतावासको ध्यानाकर्षण गराएको थिए । अहिले पनि यिनीहरू लाई सरोकारवाला निकाय लगेर क्षतिपूर्तिको लागि पहल गर्दैछु । हामी जस्तो समाजिक अभियन्ताले गर्ने नै यति हो- ध्यानाकर्षण गराउने, पिडीतलाई बाटो देखाउने, सम्बन्धित निकायलाई दबाव दिने आदि.. संस्थागत रूपमा कार्य गर्ने नेपालमा सम्बन्धिच निकाय र विदेशमा दुतावास नै हुन् । उनीहरूको योगदानलाई विर्सिनु हुन् तर कुनै कार्य नभएमा हामीले प्रश्न गर्ने पनि सरकार र यिनका मातहतका निकाय संग नै हो ।
यि पांचैजनाले न्याय कसरी पाउने हो? यो प्रश्न पनि सम्बन्धित निकाय माथी नै छोड्छु ।