https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : संखुवासभामा सिम्रिक एयरकाे हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने हेलिकोप्टर दुर्घटनामा परेको हो ।

भोटखोला गाउँपालिका–४ सिथ्रुङमा भएको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उपचारका क्रममा ल्याउँदै गर्दा ५० वर्षीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र गोदारले इकागजलाई जानकारी दिए ।

सिम्रिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो । हेलिकप्टरको पंखा भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाइलट सुरेन्द्र पौडेल र हेलिकप्टरमै सवार भविन गुरुङ गम्भीर घाइते थिए । 

हेलिकप्टरमा रहेका छिरिङ भोटे भने हामफाल्ने क्रममा घाइते भएको जनाइएको छ । भोटे सिम्रिक एयरकै स्थानीय कर्मचारी रहेको जनाइएको छ ।

त्यहाँ निर्माणाधीन अपर अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेर जाने क्रममा साढे १ बजे हेलिकप्टर दुर्घटना भएको संखुवासभा प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार