गाैशाला : जिल्ला प्रहरी कार्यालय महोत्तरीका एकाउन्टेन्ट (लेखापाल) विनोद विष्ट घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक बिस्टलाई एक लाख ५० हजार चेक र ५० हजार नगदसहित नयाँ बानेश्वरर्को एक होटेलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार विष्टले घरायसी काम परेको भन्दै बुधबारदेखि आइतबारसम्मको लागी बिदा लिएका छन् । विशेष सूचनाको आधारमा आयोगको टोलीले महोत्तरीबाट रकम बुझ्न काठमाडौँ आएका विष्टलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ । प्रहरीको भवन निर्माणको म्याद थप तथा भुक्तानीका लागि सहजीकरण गर्ने भन्दै उनले घुस लिएका प्रहरी स्रोतको भनाई छ ।