गाैशाला : महाेत्तरीकाे गाैशालामा नगर स्तरीय आप्रवासी हकहित संजाल गठन गरिएको छ । शनिबार एक कार्यक्रम गरि गाैशाला नगरपालिकामा नगर स्तरीय आप्रवासी हकहित संजाल श्री दिनेश्वर महताेकाे अध्यक्षतामा १४ सदस्य कार्य समिति गठन गरिएको हाे ।उपाध्यक्षमा रिता देवी पासमान, सचिवमा श्याम ठाकुर, सह-सचिवमा कमलेश यादव, काेषाध्यक्षमा कविता कुमारी शाह, सदस्यहरु राजेश सिंह, श्रवण कुमार यादव, रन्जन थापा, विजय कुमार यादव, हेमन्त कुमार महताे लगायत १४ सदस्य कार्य समिति गठन गरिएका छन् ।संजालले वैदेशिक राेजगारमा रहेका युवाहरुमध्ये विभिन्न किसिमका समस्यामा परेका युवाहरुलाई समाधान गर्ने तर्फ पहल गर्ने तथा वैदेशिक राेजगारमा जाने युवाहरूलाई सहजीकरण गर्ने सम्बन्धि कार्यहरु गर्ने सामी परियोजना महाेत्तरीका संयोजक राम भजन महताेले बताए ।कार्यक्रमको अध्यक्षता श्री श्रवण कुमार यादव, प्रमुख अतिथि रोजगार संयोजक श्री नवनित कुमार झा तथा अतिथि आप्रवासी हकहित संजाल धनुषाको अध्यक्ष श्री दुखरण यादव, महोत्तरी संजाल सदस्य श्री मिरा गजमेर लगायत वैदेशिक राेजगारबाट फर्केका युवा तथा वैदेशिक राेजगारमा रहेका परिवारका सदस्यहरु उपस्थिति रहेको थियोे ।